रेजिना र राजवीरको ‘कसिङ्गर’ सिधै युट्युबमा रिलिज

रेजिना र राजवीरको ‘कसिङ्गर’ सिधै युट्युबमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रेजिना उप्रेती र राजवीर पटेलको मुख्य भुमिका रहेको सिनेमा ‘कसिङ्गर’ हलमा नभई सिधै युट्युबमा रिलिज भएको छ । सिनेमाको निर्माण टिमले बुधबार सिनेमा युट्युबमा रिलिज गरेको हो ।

धौलाश्री फिल्मको व्यानरमा निर्माण गरिएको सिनेमा रेडबर्ड प्रोडक्सनको युट्युब च्यानलमा रिलिज गरिएको छ । सिनेमामा रेजिना र राजवीरका अलवा ओम क्षेत्री, सुशील पोखरेल, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, सुवास नेपाली, कृपा वली, सम्झना पुन, सम्झना श्रीपाइली, समिक्षा बुर्लाकोटी, राजन भुजेल, विष्णु कार्की, कृष्ण स्यांगटाङ, एब बिसी पुन, डिल पुनलगायतको अभिनय छ ।

राजवीरकै कथा, पटकथा तथा निर्देशन रहेको सिनेमामा राजन पटेलको सम्पादन, सम्राट सापकोटाको द्वन्द्व, हरि नारायण चौधरीको छायांकन, दीपक अधिकारी र विक्रम चौहानको कोरियोग्राफी रहेको छ ।

राजवीर पटले प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता जगत पटेल हुन् । कसिङ्गरमा भीमराज पटेल सहनिर्माता रुपमा रहेका छन् ।