मिथिला र सुरक्षाको ‘आमा’ युट्युबमा रिलिज (भिडियो)

मिथिला र सुरक्षाको ‘आमा’ युट्युबमा रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनालको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘आमा’ युट्युबमा रिलिज भएको छ । हलमा राम्रो दर्शक सङ्ख्या सहित चलिरहेको सिनेमा कोरोना महामारीका कारण प्रदर्शन स्थगित भएको थियो । दर्शकबाट राम्रो प्रतिक्रिया पाएको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।

डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डेले लगानी गरेकी थिइन् । सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, अशान्त शर्मा, अस्मिता खनाल र सुदीप खड्का लगायतका कलाकारको अभिनय छ ।

सन्तोष अधिकारी सह-निर्माता रहेको ‘आमा’लाई स्वयम निर्देशक खनालले नै छायांकन गरेका हुन् । सिनेमामा सवास भुषालको संगीत, भुपेनद्र खड्काको गीत रचना, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, निरज कँडेलको क्यामेरा एसोसियट, दिर्घ खड्काको सम्पादन रहेको छ ।