रोहितको ‘बिहे पास’मा दयाहाङ र प्रकृती

रोहितको ‘बिहे पास’मा दयाहाङ र प्रकृती

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई र प्रकृती श्रेष्ठको मुख्य भुमिकामा सिनेमा ‘बिहे पास’ निर्माण हुने भएको छ । चैत्र पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा तराईका विभिन्न स्थानमा छायांकन हुनेछ ।

अन्तर जातिय विवाह पश्चात माइतीमा रहेकी श्रीमती फिर्ता ल्याउन श्रीमानले गर्ने संर्घषका कथामा सिनेमा निर्माण हुनेछ । सिनेमालाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह-निर्माता ग्याल्जेन लामा हुन् । प्रकृती श्रेष्ठ यही सिनेमाबाट लामो समयपछि कमब्याक गर्दैछिन् ।

सिनेमाका अन्य कलाकार तथा प्राविधिकको चयन हुन बाँकी रहेको प्रस्तुतकर्ता रोहित कट्टेलले बताए । सिनेमाको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका हुन् भने पटकथा आकाश बराल र सजन काफ्ले लेखिरहेका छन् । रोहितको टिमले केही समय पहिले ‘कृष्ण लीला’को छायांकन सकेका थिए ।