रेखा थापाको सिनेमा वैशाखबाट फ्लोरमा

रेखा थापाको सिनेमा वैशाखबाट फ्लोरमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘हिरो’बाट डेब्यू गरेकी अभिनेत्री रेखा थापा नेपाली सिनेमा क्षेत्रमा लेडी हिरोको रुपमा स्थापित भइन् । आधा दर्जन सिनेमामा काम गरिसक्दा नसक्दै उनी स्टार अभिनेत्रीको रुपमा परिचित भइन् ।

अभिनेत्रीलाई ग्यामरको रुपमा प्रस्तुत गरिदै आएको परम्परालाई तोड्दै रेखाले आफुलाई बोल्ड तथा एक्सन अभिनेत्रीको रुपमा प्रस्तुत गरेकी थिइन् । आफ्नो स्टाडमले  दर्शकलाई हल सम्म तान्न सफल अभिनेत्री रेखाले हालसम्म २ सय भन्दा बढी सिनेमामा काम गरिसकेकी छन् ।

अभिनयसँगै सिनेमा निर्माणमा अग्रसर रहने उनले ‘हिम्मतवली’बाट निर्देशनमा समेत हात हालिन् । पछिल्लो समय उनी महिला केन्द्रीत सिनेमा निर्माण तथा निर्देशनमा सक्रिय छन् । यस्तै, अभिनेत्री थापा वैशाखबाट फ्लोरमा जाने तयारीमा रहेको नयाँ सिनेमामा काम गर्दैछन् । 

‘हामीले गत वैशाखबाट छायांकन सुरु गर्ने भनेका थियौं । तर कोरोना महामारीको कारण सिनेमा फ्लोरमा जान सकेन । गत भदौमा फ्लोरमा जाने भने तापनि परिस्थिति अनुकुल नभएको कारण आगामी वैशाखबाट छायांकनमा जाने योजना बनाएका छौं । तर, स्थिति अझै पनि सामान्य भइसकेको छैन’ उनले भनिन् ।

रेखा थापाको फेसबुकबाट

यहि सिनेमाको लागि उनले आफ्नो ७० केजी तौल घटाएर ५० केजीमा झारेकी छन् । हाल सिनेमाको स्क्रिप्टमा काम भइरहेको छ । कारेक्टर सुहाउँदो भयो भने सिनेमामा काम गर्ने बताउँछिन् ।