युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘आमा’

युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘आमा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिपेन्द्र के खनालको निर्देशित सिनेमा ‘आमा’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा छ । समाजिक सञ्जाल युट्युबमा रिलिज भएको छोटो समयमा दर्शकको राम्रो साथ पाउन सफल भएको छ । सिनेमा हेरेका अधिकांश दर्शकले अभिनेत्री मिथिला र सुरक्षाको अभिनयको तारिफ गरेका छन् ।

हालसम्म सिनेमालाई युट्युबमा १६ लाख २५ हजार भ्युज, ५३ हजार लाइक र ४ हजार ४ सयबढिले कमेन्ट गरेका छन् । अधिकांश दर्शकले सिनेमाको निर्माण टिम र कलाकारको अभिनयको प्रशंसामा शब्द खर्चिएका छन् । सिनेमा विदेशमा बस्ने अधिकांश नेपाली र उनीहरुको परिवारको समवेदनासँग जोडिएको प्रतिक्रिया कमेन्ट बक्समा भेटिन्छन् ।

डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डेले लगानी गरेकी थिइन् । सिनेमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, अशान्त शर्मा, अस्मिता खनाल र सुदीप खड्का लगायतका कलाकारको अभिनय छ ।

सन्तोष अधिकारी सह-निर्माता रहेको ‘आमा’लाई स्वयम निर्देशक खनालले नै छायांकन गरेका हुन् । सिनेमामा सवास भुषालको संगीत, भुपेनद्र खड्काको गीत रचना, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, निरज कँडेलको क्यामेरा एसोसियट, दिर्घ खड्काको सम्पादन रहेको छ ।