करिश्माको ‘बनवास’मा सरोज र कविता

करिश्माको ‘बनवास’मा सरोज र कविता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी कविता मान्धरलाई लिएर सिनेमा ‘बनवास’ निर्माण गर्ने भएकी छन् । करिश्माले पछिल्लो समय ‘फागु’ निर्माण गरेकी थिइन् । 

आइतबार सामाजिक सञ्जालमा थिम पोस्टर सार्वजनिक गर्दै उनले सिनेमा निर्माण घोषणा गरेकी हुन् । अभिनेत्री करिश्माले फिचर सिनेमा बनाउन लागेको जानकारी दिइन् । सिनेमा घोषणा गरेसँगै करिश्माले आफै सिनेमा निर्देशन गर्ने चर्चा चलेको थियो । तर, उनले सिनेमा निर्देशन नगर्ने बताइन् । पारिवारिक कथामा निर्माण हुने सिनेमामा कथा तथा निर्देशन सुशिल क्षेत्रीको रहनेछ ।

सिनेमाले बाबु र छोरीको सम्बन्धको कथा भन्नेछ । छोरीको भूमिका कविताले निर्वाह गर्नेछिन् भने बाबुको भूमिकामा अभिनेता सरोज खनाल देखिनेछन् । बाकी निर्माण टिमको बारेमा जानकारी दिइएको छैन ।

केहि साता अघि कविताको डेब्यू सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भएको थियो ।