भोजपुरी सिनेमाको सुटिङ सेटमा फर्किए विराज भट्ट

भोजपुरी सिनेमाको सुटिङ सेटमा फर्किए विराज भट्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन स्टार विराज भट्ट यतिबेला भोजपुरी सिनेमाको सेटमा फर्किएका छन् । यतिखेर उनी बनारसमा दुई सिनेमा ‘क्रोध’ र ‘दिया बात्ती’मा व्यस्त छन् । दैनिक १८ घण्टा काम गरिरहेका भट्टले हामीसँग भने, ‘लामो समयपछि भोजपुरी सेटमा फर्किएको छु । आफुले साइन गरेको सिनेमा पुरा गर्नको लागि एकै दिनमा दुई वटा सिनेमाको सेटमा पनि काम गरिरहेको छु । अझ पनि पहिले जस्तै जोस र जागरमा काम गरिरहेको छु ।’

नेपाली सिनेमामा व्यस्त रहँदा रहँदै भोजपुरी सिनेमा क्षेत्रमा प्रवेश गरेका विराज भट्ट छोटो समयमै स्टारको रुपमा उदाए । त्यसपछि उनी भोजपुरी सिनेमामा नै काम गर्न थाले । तर, उनको अभाव भने नेपाली दर्शकमा रहेन । किन भने अधिकांश भोजपुरी सिनेमा नेपालीमा डब भएर आउन थाले । तर, डब सिनेमाले भट्टको नेपाली मार्केटलाई फाइदा गरेन् ।

बिचमा उनले रोज राणाको सिनेमा ‘जय परशुराम’बाट कमब्याक गरे । तर त्यो सिनेमाले भटट्लाई फाइदा भने पुर्याएन । फेरि उनी भोजपुरीमै फर्किए । उनले जादाँ जादैँ भनेका थिए, ‘म नेपाली सिनेमामा आउँछु, आफै सिनेमा निर्माण गर्छु ।’

त्यसको केहि समयपछि उनी नेपाली सिनेमामा फर्किए । उनले आफ्नै होम प्रोडक्सनबाट सिनेमा ‘साङ्लो’को निर्माण गरे । जसमा भट्टले निर्देशन र नायकको भुमिका निभाएका थिए । पूर्व मिस नेपाल निकिता चाण्डक यसै सिनेमाबाट डेब्यू नायिकाको रुपमा परिचित भइन् । हुन त निकिताले यस अघि ‘रानी महल’ नामक सिनेमामा अभिनय गरेकी थिइन् । तर त्यो सिनेमाको छायांकन पुरा भएन । 

विराजको ‘साङ्लो’को पब्लिसिटी हाइप उच्च रहेको थियो । सिनेमाका पण्डितहरुले भन्ने गर्थे ‘साङ्लो’ले बक्स अफिसमा तहल्का मचाउने छ । भट्टको नामले खालिरहेको सिनेमा हलको सिट दुई दिन हाउसफुल गराइदियो । समग्रमा  सिनेमाले औसत व्यापार गर्याे ।

उनी यतिबेला भारतको नैनीतालमा गीतको छायांकन गरिरहेका छन् । सन्तोष मिश्रा र धिरेन्द्र कुमार झाको निर्देशनमा निर्माण भैरहेका एक्सन थ्रिलर सिनेमा (क्रोध र दिया बात्ती)मा विराज भट्टको अपोजिटमा दुई अभिनेत्री अनुराधा र ऋचा दीक्षित छन् । सिनेमामा प्रदीप खड्काको एक्शन रहेको छ ।