यस बर्ष २४ विद्यार्थीलाई छात्रवृत्तीमा पढाउँदै ओस्कार कलेज

यस बर्ष २४ विद्यार्थीलाई छात्रवृत्तीमा पढाउँदै ओस्कार कलेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ओस्कार कलेजले यस बर्ष २४ जना विद्यार्थीलाई छात्रवृत्तीमा पढाउने घोषणा गरेको छ । कोरोना भाइरसको महामारीका कारण सिनेमा पढ्न चाहाने विद्यार्थीको सपना पैसाकै कारण नरोकियोस् भनेर छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ ।

जसमध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ प्राप्त गर्नेछन् भने बाँकी ४ जनालाई ‘सिनेमा एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ प्रदान गरिनेछ । ओस्कार कलेजले जनाए अनुसार ‘कोभिड रिलिज स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पाउनेछन् ।

File photo

यसैगरि ‘सिनेमा एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । कलेजले ‘सिनेमा एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ले आफूहरुबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वासका साथ यस्तो छात्रवृत्तिको घोषणा गरेको जनाएको छ । ओस्कार कलेजमा पढेर छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मिडिया तथा सिनेमा उद्योगमा सक्रियताका साथ ५ वर्ष काम गरेको हुनुपर्नेछ ।

आजभन्दा १६ वर्ष अघि स्थापना भएको ओस्कार कलेज सिनेमा पढाउने नेपालको पहिलो कलेज हो । कलेजले सिंगापुरको इन्फिनिट स्टुडियोसँगको सहकार्यमा विभिन्न गतिविधि गर्नुका साथै स्टुडियोले अन्तिम वर्षमा पढ्ने ५ जना विद्यार्थीलाई पनि छात्रवृत्ति दिँदै आएको छ ।