चैत्र २७ मा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ रिलिज

चैत्र २७ मा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय रहेको सिनेमा ‘कृष्ण लीला’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमका अनुसार सिनेमा नयाँ बर्षको अवसर पारेर चैत्र २७ गतेबाट रिलिज हुनेछ । सिनेमाको सम्पुर्ण छायांकन इलाम र झापाको विभिन्न स्थानमा गरिएको छ ।

दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको छ । सिनेमामा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय छ । शिब ढकालले खिचेको सिनेमाको गीतमा अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । निर्माण युनीटले ३० माघमा सिनेमामा समाबेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सार्वजनीक गर्ने तयारी गरेको छ । अन्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको सो गीतमा पुष्प र श्रद्धा फिचर्ड छन् ।