ट्रेन्डिङ चेक : र्शिष स्थानमा ‘आमा’ दोस्रोमा ‘छ माया छप्पकै’

ट्रेन्डिङ चेक : र्शिष स्थानमा ‘आमा’ दोस्रोमा ‘छ माया छप्पकै’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यतिबेला युट्युब ट्रेन्डिङमा दुई नेपाली सिनेमा रहेको छ । गत साता सिनेमा ‘छ माया छप्पकै’ले युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा स्थान बनाएको थियो । भने हाल यो सिनेमालाई रिप्लेस गर्दै दिपेन्द्र के खनाल निर्देशित सिनेमा ‘आमा’ले युट्युब ट्रेन्डिङको शिर्ष स्थान कब्जा गरेको छ । 

‘आमा’ ट्रेन्डिङ १ मा आएपछि ‘छ माया छप्पकै’ले दोस्रो स्थानमा झरेको छ । दुवै सिनेमाले दर्शकको सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएका छन् । ६ दिन अगाडी युट्युबमा सार्वजनिक भएको सिनेमा ‘आमा’ले २३ लाख ८३ हजार भन्दा बढि भ्युज पाएको छ भने १५ दिन अगाडी रिलिज भएको सिनेमा ‘छ माया छप्पकै’ले ५५ लाख ९७ हजार भन्दा बढी भ्युज पाएको छ ।

शर्मिला पाण्डेले लगानी गरेको सिनेमा ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, अशान्त शर्मा, अस्मिता खनाल र सुदीप खड्का लगायतका कलाकारको अभिनय छ । सिनेमाको कथा निर्देशक खनालले लेखेका हुन् ।

दीपेन्द्र लामा निर्देशित सिनेमा ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । रोहित अधिकारीको एकल लगानी रहेको सिनेमामा दीपकराज गिरीको टिमले ५० प्रतिशत नाफामा काम गरेका थिए ।

त्यसैगरी, युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा अभिनेत्री नीता ढुंगाना अभिनित भोजपुरी सिनेमा ‘शेर ए हिन्दुस्तान’ र चौथो नम्बरमा साउथ इन्डियन सिनेमा ‘अप्रेशन लभ’ रहेको छ ।