‘लप्पन छप्पन २’ को दोस्रो टिजर सार्वजनिक

‘लप्पन छप्पन २’ को दोस्रो टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मुकुन्द भट्ट निर्माण तथा निर्देशित सिनेमा ‘लप्पन छप्पन २’ को नयाँ रिलिज डेट सहितको दोस्रो टिजर सार्वजनिक गरिएको छ । सिनेमा नयाँ वर्षको छेको पारेर चैत २७ गते देखि रिलिज हुँदैछ । 

निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलो पटक टिजर मार्फत सुपरस्टारको ट्याग दिएका छन् । टिजरमा सौगात मल्ललाई मात्र स्थान दिइएको छ । एक्सन ड्रामा सिनेमामा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको सिनेमाको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माताको रुपमा छन् । पुरुषोत्तम प्रधानले खिचेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।