सगरमाथा आरोही तेन्जिङको कथामा सिनेमा बनाउदै बाराक ओबामा

सगरमाथा आरोही तेन्जिङको कथामा सिनेमा बनाउदै बाराक ओबामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवनीमा आधारित सिनेमा बनाउने भएका छन् । 

बाराक ओबामा र मिसेल ओबामाको प्रोडक्सन हाउस ‘हाइयर ग्राउन्ड प्रोडक्सन्स’ले नेटफिल्क्सँगको सहकार्यमा एक्जिट वेस्ट, स्याटलाइट, द यङ वाइफ सिनेमासँगै फायरकिपर्स डटर र ग्रेट नेशनल पार्क्स सिरिज समेत निर्माण गर्ने घोषणा गरेको छ । फिक्सन, नन फिक्सन, पारिवारिक र बालबालिकासँग सम्बन्धित सिनेमाहरु बनाउने प्रोजेक्टको घोषणा केहीदिन अघि गरिएको थियो । त्यही प्रोजेक्ट अन्तर्गत नोर्गेको जीवनीमा सिनेमा ‘तेन्जिङ’ बन्न लागेको हो ।

‘अनसङ हिरो’ तेन्जिङले सर एन्मन्ड हिलासीसँग पहिलो पटक सगरमाथा आरोहण गरेको कथा र हिलारीसँगको सहकार्यबाट इतिहास रच्नुसम्मको यात्रा सिनेमामा समेटिने बताइएको छ ।

सिनेमाको निर्देशन बाफ्टा नोमिनि जेनिफर पिडल शेर्पाले गर्नेछिन् । निर्देशक जेनिफरले धेरै वर्ष सगरमाथा क्षेत्रमा बिताएकी छन् । बाफ्टा विजेता लुके डेभिसले एड डउल्गासले लेखेको ‘तेन्जिङः हिरो अफ एभरेष्ट’ पुस्तकको आधारमा सिनेमाको स्क्रिप्ट तयार गरेका हुन् ।

डेभिस र जेनिफरले फिल्मको सह निर्माण समेत गर्नेछन् । यस्तै, डेभिड मिछोड र नोर्बु तेन्जिङ नोर्गे सिनेमाका कार्यकारी निर्माता हुनेछन् । यो सिनेमाको छायांकन सगरमाथामा नै गरिनेछ ।