‘गोरे सार्की’बाट निर्देशनमा डेव्यु गर्दै अर्जुन कुमार

‘गोरे सार्की’बाट निर्देशनमा डेव्यु गर्दै अर्जुन कुमार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता अर्जुन कुमार नयाँ सिनेमा ‘गोरे सार्की’को निर्माणमा जुटेका छन् । यही सिनेमाबाट उनले निर्देशनमा डेव्यु गर्दैछन् । दुई महिना लामो समय लिएर सिनेमाको स्कृप्ट तयार पारेका हुन् ।

निर्माताको रुपमा आधा दर्जन सफल सिनेमा निर्माण गरिसकेका अर्जुनले अहिले सहि समय भएकाले आफु निर्देशनमा डेव्यु गर्न लागेको बताए । ‘गोरे सार्की’ नेपालको सवैभन्दा ठुलो थ्रिलर सिनेमा हुने दाबी अर्जुन कुमारको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमाको मुख्य भुमिका रहने अभिनेता फाइनल भैसकेको पनि अन्य कलाकार छनोटको क्रममा छन् । परिस्थीति सामान्य भएसँगै सिनेमाको पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी गराइनेछ ।

जेष्ठको अन्तिम साताबाट फ्लोरमा जाने सिनेमा कार्तिक महिनामा रिलिजको लक्ष्य राखिएको छ । निर्माता अर्जुन कुमारको लागानी रहेको सिनेमा ‘चपली हाइट ३’ प्रदर्शनको तयारीमा छ । स्वस्तिमा खड्का, सुपुष्पा भट्ट र अर्पण थापाको मुख्य भुमिका रहेको सिनेमालाई निकेश खड्काले निर्देशन गरेका हुन् ।