करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिले सम्मान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा करिश्मालाई महानायिका उपाधिबाट सम्मान दिएको हो ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाल लगायतले ‘महानायिका’ लेखिएको स्यास र क्राउन लगाइदिदै बधाई ज्ञापन गरेका थिए ।

नेपाली सिनेमा क्षेत्रमा तीन दशकदेखि काम गर्दै आएकी करिश्माले २०४५ सालमा सिनेमा ‘सन्तान’बाट डेब्यू गरेकी थिइन् । ‘अल्लारे, मायालु, कस्तुरी, ट्रक ड्राइभर, पन्छी, साथी, बसन्ती, एक नम्बरको पाखे’ लगायतका थुप्रै सिनेमामा अभिनय गरेकी करिश्मा पछिल्लो समय सिनेमा निर्माणमा व्यस्त छिन् ।

उक्त समारोहमा निर्देशक तथा कलाकार नीर शाह, नेपाल विद्युत प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक कुलमान घिसिङ, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा, शिक्षा तथा समाजसेवी रमेश अधिकारी लगायतका व्यक्तिहरुलाई राष्टिय सम्मान प्रदान गरिएको थियो ।

तस्बिर : प्रकाश ढकाल