राजेश हमालको ‘सत्यम्’मा पल अनुबन्धित

राजेश हमालको ‘सत्यम्’मा पल अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पल शाह नयाँ सिनेमा ‘सत्यत्म्’मा अनुबन्धित भएका छन् । सिनेमालाई शंकर कार्कीले निर्देशन गर्नेछन् । 

पलले हालै निर्माण टिमसँग औपचारिक सम्झौता गरेका छन् । तर, उनको भुमिका भने खुलाइएको छैन । सिनेमामा महानायक राजेश हमाल र अनुप विक्रम शाहीले काम गर्ने पक्का भइसकेको छ । यो सिनेमा मार्फत अभिनेता हमाल ४ वर्षपछि कमब्याक गर्दैछन् । त्यसैले पनि दर्शक माझ कौतुहलता बढेको छ ।

रेशम सापकोटाको कथा तथा निर्माण रहने सिनेमा चैतबाट फ्लोरमा जाने तयारीमा छ । बिदुर पाण्डेको डिओपी, अष्टमान महर्जनको द्वन्द्व निर्देशन, कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलको संगीत रहने सिनेमामा रेशम सापकोटा र बिष्णु निरिशले गीत लेखेका छन् ।