‘डिसेम्बर फल्स’मा रोमान्टिक आर्यन र उपासना

‘डिसेम्बर फल्स’मा रोमान्टिक आर्यन र उपासना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पोखरामा छायांकन भइरहेको सिनेमा ‘डिसेम्बर फल्स’को सेटबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको केहि तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा आर्यन र उपासनाका रोमान्टिक मुडमा प्रस्तुत भएको देखिन्छ । 

सिनेमाको केहि दिनमा पोखराको सेड्युल समापन हुनेछ । त्यसपछि झण्डै दुई साता काठमाडौंमा खिचिने बताइएको छ । प्रविण झाको निर्देशनमा तयार भइरहेको सिनेमालाई दक्षिण भारतीय सिनेमाका छायाँकार महेश आर गुप्ताले खिचिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमाको कार्यकारी निर्माता लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट छन् । 

सिनेमामा आर्यन र उपासनासँगै सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ । बिपीका खनालको कथा रहेको सिनेमाको पटकथा र संबाद केदार भुसालले लेखेका हुन् । निमार्ण टिम साउन १ गते सिनेमा प्रदर्शन गर्न तयारीमा छ ।