‘तिमीसँगै हुने मन छ’बाट मुम्बईका रोहित सुचान्तीको डेब्यू

‘तिमीसँगै हुने मन छ’बाट मुम्बईका रोहित सुचान्तीको डेब्यू

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्न लागेको सिनेमा ‘तिमीसँगै हुने मन छ’बाट मुम्बईका रोहित सुचान्तीले डेब्यू गर्ने भएका छन् ।

महावीर जैन कलेज मुम्बईबाट ब्याचलर गरेका रोहित अभिनय र ट्राभलमा रुचि राख्छन् । रोहित ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखेंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलका लिड अभिनेता हुन् । साथै उनले रियालिटी शो ‘बिग बोस १२’ मा भाग लिएका थिए । ‘तिमीसँगै हुने मन छ’मा यस अगाडी नै अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी थिइन् । दर्शकले यी दुईको जोडी सिनेमाको पर्दामा छिट्टै देख्न पाउनेछन् । 

चैत्रको पहिलो हप्ताबाट छायांकनमा जान लागेको सिनेमामा अन्य कलाकारहरु भने केहि दिनपछि फाइनल गरिने जानकारी प्राप्त भएको छ । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा प्रेम कथामा आधारित हुनेछ ।

निर्देशक दीवाकर भट्टराईले ‘तिमीसँगै हुने मन छ’मा सम्पूर्ण टेक्निकल टिम बलिउडबाट झिकाउदैछन् । छायांकार, कोरियोग्राफर साथै मेकअप म्यान पनि उतैबाट आउनेछन् ।