कृष्ण लीलाको ‘कुनै दिन’मा रोमान्टिक पुष्प र श्रद्धा

कृष्ण लीलाको ‘कुनै दिन’मा रोमान्टिक पुष्प र श्रद्धा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शन हुने सिनेमा ‘कृष्ण लीला’ को कुनै दिन बोलको पहिलो गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा अभिनेता पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । 

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा पुरुषोत्तम ढुंगाना र नारायण सापकोटाको शब्द र अर्जुन पोखरेलको संगीत छ । भने कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । दीपक वलीले निर्देशन गरेको सिनेमामा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमाको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । सिनेमालाई शिव ढकाल र बाबु श्रेष्ठले खिचेका छन् ।