अर्थमन्त्री पौडेलद्धारा कोरोना राहत र मनोरञ्जन कर छुट दिने प्रतिबद्धता

अर्थमन्त्री पौडेलद्धारा कोरोना राहत र मनोरञ्जन कर छुट दिने प्रतिबद्धता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण बन्द सिनेमा हल पौष १० गतेबाट संचालनमा आएका छन् । तर, नयाँ सिनेमा हलमा रिलिज नभएको कारण दर्शकको उपस्थिति न्यून छ । यसैबीच चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहित नेपाल चलचित्र संघका पदाधिकारीले नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेट गरेका छन् । 

मन्त्री पौडेलसँगको भेटमा सिनेमाकर्मीले कोरोना प्रभावित राहत, मनोरञ्जन कर, भन्सार र विजुली विल छुट लगायतका माग राखेका छन् । सरकारले सिनेमा क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रको रुपमा सूचिकृत गरेपनि अर्थ मन्त्रालयमा आएर फाइल रोकिएको थियो । सोही फाइललाई अगाडी बढाउने र अहिले विभिन्न शीर्षकमा ३३ प्रतिशत कर तिरिरहेका सिनेमाकर्मीहरुले उक्त करलाई छुट दिन अनुरोध गरेका छन् । सिनेमाकर्मीको मागलाई मन्त्री पौडेलले आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त भेटमा काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा प्रदेश सभा सदस्य केशव स्थापित, चलचित्र संघका पूर्व अध्यक्ष नकिम उद्दिन र प्रदिप कुमार उदय सहभागी थिए ।