‘सुप्रास्टार सर्च’को फिनालेमा मिस्टर नेपाल सन्तोष उपाध्याय

‘सुप्रास्टार सर्च’को फिनालेमा मिस्टर नेपाल सन्तोष उपाध्याय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिस्टर नेपाल २०१९ का विजेता डा. सन्तोष उपाध्याय हाल नेपाललाई मिस्टर सुप्रान्यासनलको सुप्रास्टार सर्चमा प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा छन् । ३७ देशका प्रतियोगी सहभागी भएको यस प्रतियोगितामा उनी हाल टप ३ सम्म पुग्न सफल भइसकेका छन् । 

डिजिटल राउण्डको अन्तिम तीनमा उनीसंगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगी छन् । अनलाइन भोटिङ मार्फत छानिने यस प्रतियोगितामा निर्णायकहरुले ४० प्रतिशत र भोट मार्फत ६० प्रतिशत निर्णय हुनेछ । सोमबारसम्म भोट गर्न पाइने यस प्रतियोगितामा उनले भोटमार्फत आफु र नेपाललाई अगाडी बढाउन आग्रह गरेका छन् ।

‘हामीले भोट मार्फत आफ्नो देशलाई अगाडी बढाउन सक्छौ भने किन नगर्ने ?’ सन्तोष भन्छन्, ‘यो प्रतियोगिताकै लागि पछिल्लो समय निकै मेहनत गरेको छु ।’ उनलाई भोट गर्न (https://bit.ly/3aaDVdt ) लिकंमा क्लिक गरी सन्तोषको फोटोमा भएको स्टारमा क्लिक गर्नु पर्नेछ । एक भन्दा बढी भोट दिनको लागी भने भोट संख्या अनुसार केहि रकम लाग्नेछ ।   

मिस्टर सुप्रान्यासनल आउँदो अगस्टमा पोल्यान्डमा हुनेछ । यो पुरुषहहरुको सबै भन्दा महँगो र फ्यान्सी प्याजेन्ट भएकाले सबै देशहरुसँग यसको फ्रान्चाइज छैन, तर यो वर्ष फ्रान्चाइज नभएका राष्ट्रहरुको पनि संलग्नता होस् भन्ने हेतुले मिस्टर सुप्रान्यासनलले सुप्रास्टार सर्च भर्चुअल प्रतियोगिता गरेको छ । यो प्रतियोगताका विजेताले फेरी मिस्टर सुप्रान्यासनल प्रतियोगितामा आफ्नो देशलाई प्रतिनिधित्व गर्नेछन् भने उनीहरुलाई आयोजकले नै स्पोन्सर गर्नेछ ।