परिच्छेदको निर्देशनमा ‘प्रेमगन्ज’ बन्ने

परिच्छेदको निर्देशनमा ‘प्रेमगन्ज’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – परिच्छेद सेनको निर्देशनमा सिनेमा ‘प्रेमगन्ज’को बन्ने भएको छ । प्रेम दिवसको अवसर पारेर सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो । 

यो सिनेमा मार्फत विगत २५ वर्षदेखि स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुँयाल निर्माता बन्ने भएका छन् । उनले सामाजिक सञ्जालमा सिनेमाको पोस्टर सार्वजनिक गर्दै निर्माता बन्न लागेको जानकारी दिएका हुन् । सिनेमाको लागि कलाकार छनोटको चरणमा छन् ।

चलचित्र चौतारीको ब्यानरमा बन्ने सिनेमा प्रेमकथामा आधारित हुनेछ । सिनेमाको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । थुप्रै सर्ट सिनेमा निर्देशन गरिसकेका सेनले यसअघि फिचर सिनेमा ‘म’ निर्देशन गरेका थिए ।