मनोजको ‘पर्पला’बाट निखिलाको डेब्यू

मनोजको ‘पर्पला’बाट निखिलाको डेब्यू

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मनोज अधिकारीको लेखन तथा निर्देशन रहेको सिनेमा ‘पर्पला’बाट झापाकी निखिला बुढाथोकीले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी उनी पेशाले नर्स हुन् । 

अष्ट्रेलियामा बेली डान्सरको रुपमा चिनिने निखिलाले थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । अस्ट्रेलियामा नै निर्माण भएको ‘पर्पला’ को कथाले मन छोएपछि काम गरेको उनले बताइन् । सिनेमामा निखिलाको अलवा पुकार गौतम, रोजी पन्त, ओल्गा तमरा, योगेश घिमिरे, क्रिष्टिन शेल र प्रेक्षा अधिकारीलगायतको पनि अभिनय छ ।

भानु प्रताप प्रस्तुतकर्ता रहेको सिनेमा अस्ट्रेलियामा घट्ने एउटा वास्तविक घटनामा आधारित छ । रविन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली र छवि अधिकारी निर्माता रहेको सिनेमाको सह–निर्मातामा शृजना लुहागुन, सरस्वती गौतम र भिम बहादुर रसाइली छन् । कश्मिर डिक्सनले छायांकन गरेको सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।