दिनेशको ‘प्रकाश’को निर्माण घोषणा

दिनेशको ‘प्रकाश’को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतको निर्देशनमा बन्न लागेको सिनेमा ‘प्रकाश’को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो ।

फागुनको दोस्रो साताबाट फ्लोरमा जाने सिनेमामा अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भुमिका रहनेछ । यहि सिनेमाबाट धनगढीकी रेनु योगीले डेब्यू गर्दैछिन् । सिनेमामा प्रदीप र रेनुसँगै दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारहरुको अभिनय रहनेछ । सिनेमाको कथा विकास सुवेदीले लेखेका हुन् ।

बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । राजेश श्रेष्ठले छायांकन गर्ने सिनेमालाई जिवन थापाले सम्पादन गर्नेछन् ।