‘गोर्खे’को ट्रेलर सार्वजनिक

‘गोर्खे’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन २१ गते देखि प्रदर्शन हुने सिनेमा ‘गोर्खे’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमालाई किम्मत गौतमले निर्देशन गरेको हुन् ।

५ युवाहरुको कथा बाचन गर्ने सिनेमामा रविन्द्र प्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा, अस्मिता श्रेष्ठ, एन्जेल श्रेष्ठ, सरोज तामाङ, सुजन थापा मगर, बालदिप राईलगायत कलाकारहरुको अभिनय छ । सिनेमाको कथा काजी लिम्बुले लेखेका हुन् । 

कोजु ईन्टरटेन्टमेनको ब्यानरमा निर्मित सिनेमामा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापाको निर्माण रहेको छ । सौरभ लामा र निरज कँडेलले छायांकन गरेको सिनेमालाई मित्र डी गुरुङले सम्पादन गरेका छन् ।