दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’मा स्वस्तिमा अनुबन्धित

दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’मा स्वस्तिमा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’मा अनुबन्धित भएको चर्चा छ । सिनेमाको बारेमा बुझ्न खोज्दा अभिनेत्री खड्काले सिनेमाको निर्माण टिमलाई एक भेटेपनि अहिलेसम्म सिनेमाको कथा पनि नसुनेको र साइन पनि नगरेको बताएकी छन् ।

नेपालको तर्फबाट ‘थिरिमाली’मा सहकार्य गर्न लागेका अनन्या फिल्मस्का सञ्चालक सरोज न्यापाने सिनेमामा स्वस्तिमा अनुबन्धित भैसकेको दाबी गर्छन् । सिनेमालाई दक्षिण भारतीय कम्पनी एञ्जल मारिया सिनेमाज्ले निर्माण गर्दैछ ।

राजीव सेट्टीले निर्देशन गर्ने सिनेमाको ७० प्रतिशत छायांकन नेपाल र बाँकी ३० प्रतिशत छायांकन भारतमा गरिनेछ । सिनेमामा बिपिन गर्ज, अन्ना राजन, धर्माजन बोलगाटीको मुख्य भूमिका छ । नेपाली टेक्नीसियनको बाहुल्यता रहने दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’मा निर्देशक तथा अभिनेता माओत्से गुरुङको पनि अभिनय रहनेछ ।

‘चपली हाइट ३’ प्रदर्शनको पखाईमा रहेकी अभिनेत्री खड्का हाल दिपेन्द्र कुमार खनालको निर्देशनमा निर्माण हुहने सिनेमा ‘चिसो मान्छे’को वर्कसपमा व्यस्त छिन् । यो सिनेमाको छायांकन पश्चात स्वस्तिमा ‘पल्पसा क्याफे’बाट पहिलो पटक रंगमञ्चमा डेव्यु गर्दैछिन् ।