पुष्प र वर्षाको ‘मनसँग मन’को छायांकन सकियो

पुष्प र वर्षाको ‘मनसँग मन’को छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कैलाश राईको निर्देशनमा तयार भएको सिनेमा ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकका रमणिय स्थानमा एक गीतको सुटिङ गरेसँगै सिनेमाको छायांकन सकिएको हो । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी प्रस्तुत छन् ।

छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ ।

अरुण तामाङको लगानी रहेको सिनेमामा पुष्प र वर्षाको मुख्य भुमिका छ । अर्जुन जीसीको सम्पादन रहेको सिनेमामा सन्तोष खवासको एक्सन छ । सिनेमा चैत्र २७ गतेबाट रिलिज हुने बताइएको छ ।