प्रेमी थिरसँग विवाह बन्धनमा बाँधिइन् अन्जु पन्त

प्रेमी थिरसँग विवाह बन्धनमा बाँधिइन् अन्जु पन्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चर्चित गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार पाटनको एक चर्चमा प्रेमी थिर कोइरालासँग विवाह गरेकी हुन् । उनीहरु दुवै क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा बिहे गरेका थिए ।

विवाह समारोहमा उनीहरुका सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो । गायिका पन्तले एक दशक अघि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी थिइन् । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् ।

अञ्जु र थीरले भ्यालेनटाइन डेको अवसर पारेर आफुहरु प्रेममा रहेको बताए थिए । उनीहरुले यस वर्षको माघमै बिहे गर्ने योजना भएपनि विविध कारणले सो मितिमा बिहे हुन सकेको थिएन ।