बौद्धमा मनिषाले उद्घाटन गरिन् ‘ब्यूटी सलोन’

बौद्धमा मनिषाले उद्घाटन गरिन् ‘ब्यूटी सलोन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले बौद्धमा संचालनमा आएको अनानिक ब्यूटी सलोन एन्ड स्पाको ओपनिङ गरेकी छन् । सन् २००८ मा क्यानडाबाट सुरु भएको अनानिकले नेपालमा ५ वटा ब्रान्च खोलेको छ । नयाँ बानेश्वर, दरबारमार्ग, लाविम मल, पोखरा र बौद्धमा यसको शाखा छ ।

बिहिबार नायिका मनिषा कोइरालासँगै दर्जन बढी सेलिबे्रटीहरुले बौद्धमा संचालनमा आएको पाँचौ शाखाको उद्घाटन गरे । उद्घाटनमा सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेत्री स्वस्तिमा खड्का, गायिका समृद्धी राई, मिस नेपाल २०२० नम्रता श्रेष्ठले रिवन काटेर ओपनिङ गरेका थिए ।

उद्घाटन समारोहमा सहभागी भएका सेलिब्रेटीहरुले अनानिकलाई सफलताको शुभकामना दिए । अनानिकका सञ्चालक सुरविन राईले सबैको साथ र हौसलाले आफुले सफलता हासिल गरेको बताए ।