‘गोर्खा वारियर २’ को निर्माण घोषणा

‘गोर्खा वारियर २’ को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘गोर्खा वारियर २’ को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो ।

उक्त कार्यक्रममा युद्धमा ज्यान गुमाएका गोर्खाली सेनालाई श्रद्धान्जली स्वरुप सशस्त्र प्रहरीको एक टुकुडीले विगुल फुकेर कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सिनेमाको टिमले गोर्खा सैनिकको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै श्रद्धान्जली व्यक्त गरेका थिए ।

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमालाई मिलन चाम्सले निर्माण तथा निर्देशन गर्नेछन् । गोर्खा वारियर २ का सह–निर्माता सुरेश राई र पूर्ण लिम्बु हुन् । सिनेमामा डेब्यू अभिनेता रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रेअर राई, सारा राई, कविता आले, भुवन सिंह राई र विरुप घलेको अभिनय रहनेछ ।

यो सिनेमाको कथा निर्देशक चाम्सले नै तयार पारेका हुन् भने पटकथा तथा संवाद लेखनमा मुख्य सहायक निर्देशक गिरीराज घिमिरेसँग सहकार्य गरेका छन् । सुदिप बरालको छायांकन रहने सिनेमालाई अर्जुन जिसीले सम्पादन गर्नेछन् । हिमाल केसीको द्धन्द्ध निर्देशन रहने सिनेमामा सशस्त्र प्रहरी प्रमुख सैलेन्द्र खनालले लेखेको गीतमा एलिश कार्कीको संगीत र राजेश पायल राईको स्वर रहनेछ ।

मलेसिया, बेलायत र नेपालको सोलुखुम्बुमा छायांकन गरिने सिनेमा अर्का वर्ष रिलिज हुनेछ । ‘गोर्खा वारियर २’ रिलिज भएपछि ‘गोर्खा वारियर’को छायांकन हुनेछ । गोर्खा वारियरको बजेट ठूलो रहेको र सम्पूर्ण छायांकन विदेशमा गर्नुपर्ने हुँदा गोर्खा वारियर भन्दा पहिला गोर्खा वारियर २ बनाउन लागेको निर्देशक चाम्सले बताए ।