कविराजको डेब्यू निर्देशन ‘मिरर’मा आर्यन र उपासना

कविराजको डेब्यू निर्देशन ‘मिरर’मा आर्यन र उपासना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘डिसेम्बर फल्स’को छायांकनमा व्यस्त अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरी नयाँ सिनेमामा अनुबन्धित भएका छन् । स्रोतका अनुसार, कोरियोग्राफ कविराज गहतराजको डेब्यू निर्देशन रहने सिनेमाको नाम ‘मिरर’ जुराइएको छ ।

छांयाकार सुदिप बरालको लगानी रहने सिनेमामा प्रशान्त ताम्राकार भिलेनको भुमिकामा देखिदैछन् । चैत्रको तेस्रो साताबाट छायांकनमा जाने तयारी निर्माण टिमको छ । निर्माता सुदिप बरालले ‘गोर्खा वारियार २’ र आर्यन र उपासनाले ‘डिसेम्बर फल्स’को छायांकन सकेपछि मिररको छायांकन सुरु गर्नेछन् । आर्यनले डिसेम्बर फल्स छायांकनमा जानु भन्दा अगाडी नै मिरर साइन गरेका थिए ।

उपासनालाई राजेश हमालको कमब्याक सिनेमा ‘सत्यम्’बाट पनि अफर आएको बुझिएको छ ।