कृष्ण लीला गीत: पुष्पलाई श्रद्धाको ‘डियर बन्न मन छ’

कृष्ण लीला गीत: पुष्पलाई श्रद्धाको ‘डियर बन्न मन छ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शन हुने सिनेमा ‘कृष्ण लीला’ को ‘डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक भएको छ । अभिनेता पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, भावना गुरुङ र रविन्द्र झा फिचर्ड छन् ।

निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको गीतमा नारायण प्रसाद बास्कोटाको शब्द र अर्जुन पोखरेलको संगीत छ । भने कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । दीपक वलीले निर्देशन गरेको सिनेमामा पुष्प, श्रद्धा, बुद्धि र रविन्द्रसँगै नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमाको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । सिनेमालाई शिव ढकाल र बाबु श्रेष्ठले खिचेका छन् । यहि मितिमा सौगात मल्ल अभिनित ‘लप्पन छप्पन २’, पुष्प खड्का र वर्षा सिवाकोटी अभिनित सिनेमा ‘मनसँग मन’ प्रदर्शन हुँदैछ ।