द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शन मिति घोषणा गरिएको छ । टिजरमा ‘कबड्डी’ देखि लिएर ‘कबड्डी ३’ सम्मको केहि झलक समावेश गर्दै आगामी असोज १५ गतेलाई प्रदर्शन मिति तय गरिएको हो ।
राम बाबु गुरुङले निर्देशन गर्ने सिनेमा ‘कबड्डी ४’ मा पहिलो सिरिज देखि तेस्रो सिरिजसम्मका मुख्य कलाकारहरु दोहोरिने छन् । ‘कबड्डी ४’ यस सिरिजको अन्तिम श्रृंखला हुनेछ । वैशाखबाट छायांकनमा जाने सिनेमाको स्क्रिप्ट निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका छन् ।
बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी छ । यसको ३ वटै सिरिज बक्स अफिसमा सुपरहिट भएका थिए । साथै दर्शकले मौलिक सामाजिक कथालाई निकै मन पराएका थिए ।


प्रतिक्रिया