द सिनेमा टाइम्स, काठमाडौं – विनोद लामाको प्रस्तुतीमा निर्माण हुने नयाँ सिनेमा ‘सरी मम्’ले कलाकारको खोजी गरेको छ। सोमबार पोस्टर सार्वजनिक गर्दै चार जना मुख्य कलाकारको खोजी भैरहेको जानकारी दिएको हो ।
एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने सिनेमाका लागी निर्माण टिमले चत्रै १ गते नेपाल फिल्म एकेडेमी महाराजगञ्जमा अडिसन गर्दैछ । निर्माता लामाका अनुसार तीन जना १७ देखी २० वर्ष उमेर समुहका महिला र एक जना सोही उमेर समुहका पुरुष कलाकारको लागी अडिसन लिइनेछ ।
कलाकार बन्न इच्छुकले निर्माण कम्पनीको इमेल [email protected] मा विभिन्न एङ्गलमा खिचिएका ५ ओटा प्रोफाइल सहितका फोटो पठाउन आग्रह गरेको छ । वैशाख अन्तिम साताबाट फ्लोमा जाने सिनेमाको टिमले यसअघि शैक्षिक सिनेमा ‘कखरा’ निर्माण गरेको थियो ।



प्रतिक्रिया