‘तिमीसँगै हुने मन छ’मा नाजीर हुसेन अनुबन्धित

‘तिमीसँगै हुने मन छ’मा नाजीर हुसेन अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिवाकर भट्टराईको निर्माण तथा निर्देशन रहने सिनेमा ‘तिमीसँगै हुने मन छ’मा अभिनेता नाजीर हुसेन अनुबन्धित भएका छन् । सिनेमाको मुख्य भुमिकामा अभिनेत्री दीपिका प्रसाई र मुम्बईका रोहित सुचान्ती यसअघि नै फाइनल भैसकेका थिए ।

चैत्रको पहिलो हप्ताबाट छायांकनमा जान लागेको सिनेमामा अन्य कलाकारहरु भने केहि दिनपछि फाइनल गरिने जानकारी प्राप्त भएको छ । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा प्रेम कथामा आधारित हुनेछ ।

निर्देशक दीवाकर भट्टराईले ‘तिमीसँगै हुने मन छ’मा सम्पूर्ण टेक्निकल टिम बलिउडबाट झिकाउदैछन् । छायांकार, कोरियोग्राफर साथै मेकअप म्यान पनि उतैबाट आउनेछन् ।