चैत्र ६ गतेबाट ‘द भ्वाइस अफ नेपाल–३’ प्रसारण हुने

चैत्र ६ गतेबाट ‘द भ्वाइस अफ नेपाल–३’ प्रसारण हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत्र ६ गतेबाट सुरु हुने भएको छ ।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ४० हजार आवेदकबाट छनोट गरिएका १ सय २० जना प्रतिभाहरु ब्लाइन्ड अडिसनमा पुग्नेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रासुरु हुनेछ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक भ्वाइसको टीमले कोचमा सामान्य परिवर्तन गरेको छ । टीममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छन् । यसअघि दर्शकको मन जित्न सफल लोकप्रिय कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइने छ ।