सौगातको ‘राधा’ र मुकुनको ‘गणपति’को छायांकन सकियो

सौगातको ‘राधा’ र मुकुनको ‘गणपति’को छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘राधा’ र ‘गणपति’को छायांकन सकिएको छ । ‘राधा’बाट अभिनेता सौगात मल्ल पहिलोपटक निर्माता बन्दैछन् ।

मकवानपुरको चित्लाङ र काठमाडौंका केही स्थानमा ‘सेक्रेट अफ राधा’ छायांकन भएको थियो । सुवर्ण थापा निर्देशित सिनेमामा सौगात, सृष्टि, खगेन्द्र लामिछानको अभिनय छ ।

माघ ८ गते बन्दीपूरदेखि छायांकन सुरु भएको गणपति काठमाडौंमा आइपुगेर इन्डकल्याप भएको हो । अहिले पोस्टप्रोडक्सनमा काम भैरहेको गणपति निर्देशक सविन अधिकारीले जानकारी दिए । सिनेमामा मुकुन भुषाल र मेनुका प्रधानका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंको हो ।

लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको सिनेमाले भगवान र मानिसबीचको फरक देखाउनेछ । हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी रहेको सिनेमाको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् । सिनेमालाई २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् ।