‘लप्पन छप्पन २’ पाँच भाषामा रिलिज हुने

‘लप्पन छप्पन २’ पाँच भाषामा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मुकुन्द भट्ट निर्देशित सिनेमा ‘लप्पन छप्पन २’ पाँच भाषामा रिलिज हुने भएको छ । चैत्र २७ गते देखि प्रर्दशनमा आउने सिनेमा नेपाली, हिन्दी, तमिल, तेलुगु र भोजपुरी गरी पाँच भाषामा प्रदर्शन हुनेछ ।

यो सिनेमा चीनमा पनि प्रर्दशन हुँदैछ । शान्त शर्माले चीनमा सिनेमा रिलिज गर्ने अधिकार लिएका छन् । निर्देशक भट्टले चार भाषामा सिनेमा ओटीटी प्लेटफर्ममा रिलिज हुने बताएपनि चीनमा भने हलमै रिलिजको प्रयास भैरहेको बताए । यदि, चीनमा हलमा सिनेमा रिलिज हुन सकेन भने ओटीटी प्लेटर्फमा रिलिज हुनेछ । बिहिबार ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक कार्यक्रममा नेपाली वितरकसँगै चिनियाँ वितरक पनि उपस्थित थिए ।

एक्सन ड्रामा सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत बन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।