anmol jasita

नेफ्टा अवार्डमा ‘छक्का पन्जा ३’ र ‘प्रसाद’को वर्चश्व

नेफ्टा अवार्डमा ‘छक्का पन्जा ३’ र ‘प्रसाद’को वर्चश्व

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिवार पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा चलचित्र प्राविधिक संघको आयोजनामा ‘१०औं नेफ्टा अवार्ड’ सम्पन्न भएको छ । अवार्ड समारोहमा सिनेमा ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’ले सर्वाधिक ६/६ विधामा अवार्डमा जित्दै आफ्नो वर्चश्व कायम गरे ।

नेफ्टा अवार्डमा ‘छक्का पञ्जा ३’ उत्कृष्ट सिनेमा घोषित हुँदा ‘प्रसाद’बाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र ‘साइँली’बाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारे । ‘छक्का पञ्जा ३’बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड पाउँदा ‘हरी’ले जुरी अवार्ड पायो ।

त्यस्तै, पपुपल अभिनेताको अवार्ड अनमोल केसी र पपुलर अभिनेत्रीको अवार्ड साम्राज्ञी राजयलक्ष्मी शाहले प्राप्त गरे । नफ्टा अवार्डमा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सीनालाई ५१ हजार १ सय ११ नगदसहित ‘दीर्घ साधना सम्मान अर्थात लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो ।

२०७५ सालमा प्रदर्शित सिनेमालाई अवार्ड प्रदान गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा नयाँ तथा पुराना कलाकारको बाक्लो उपस्थीति रहेको थियो । कोरोनाले धरासायी भएको नेपाली सिनेमा क्षेत्रलाई ‘नेफ्टा अवार्ड’ले चलायमान बनाउने विश्वास आयोजक संस्थाको छ ।

यस्तो छ अवार्ड जितेको सूची :- 

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियो)
ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियो)
गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका : समिक्षा अधिकारी (नाइँ नभन्नू ल ५)
कथा : छक्का पञ्जा ३
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद : सुशिल पौडेल (प्रसाद)
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स : रोमियो एन्ड मुना
रङ संयोजन : अर्जुन कार्की (हरी)
आदिवासी जनजाति सिनेमा : प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियो)
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाडौं)
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)
डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
छायांकार : चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर सिनेमा : छक्का पञ्जा ३
जुरी अवार्ड सिनेमा : हरि
अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्री : मेनुका प्रधान (साइँली)
निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)
उत्कृष्ट सिनेमा : छक्का पञ्जा ३
तस्वीर : ज्ञानु राई