नारायणहिटी दरबार भित्रको सिनेमा हल खुल्दै

नारायणहिटी दरबार भित्रको सिनेमा हल खुल्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नारायणहिटी दरबारभित्र रहेको सिनेमा हल आगामी वैशाखदेखि संचालनमा आउने भएको छ । ११६ अकुपेन्सी क्षमता भएको सिनेमा हल सर्वसाधारणको लागि खुल्ला गर्न लागिएको हो ।

राजपरिवारका सदस्य र आफन्तले मात्र सिनेमा हेर्न पाउने उक्त हल संग्रहालयमा परिणत भएसँगै सर्वसाधारणको लागि पनि खुला गर्न लागिएको हो । राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर दर्शकले दरबारमा रहेको पुराना सिनेमा र डकुमेन्ट्री हेर्न पाउने भएका छन् ।

चलचित्र विकास संस्थानले अहिले हलमा रहेका सिनेमाका पुराना रील र प्रोजेक्टरको सफाइ गरिरहेको छ । २० वर्षदेखि बन्द रहेको हलमा दिवंगत राजा वीरेन्द्र र ऐश्वर्यको बिहेको भिडियो पनि भेटिएको छ । हलमा दुईवटा प्रोजेक्टर छन् ।