नेफ्टा अवार्डमा विपिन र मेनुका उत्कृष्ट अभिनेता अभिनेत्री

नेफ्टा अवार्डमा विपिन र मेनुका उत्कृष्ट अभिनेता अभिनेत्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा चलचित्र प्राविधिक संघको आयोजनामा १० औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । अवार्ड समारोहमा ‘प्रसाद’बाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र ‘साइँली’बाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

नेफ्टा अवार्डमा विपिन ‘प्रसाद’ र ‘हरी’बाट मनोनयनमा परेका थिए । उनले २०७५ सालमा रिलिज भएको सिनेमा ‘प्रसाद’बाट अवार्ड हात पारेका हुन् । ‘प्रसाद’ले सर्वाधिक ६ विधामा अवार्ड उचालेको थियो । उनी अभिनित सिनेमा ‘हरी’ले जुरी अवार्ड जितेको थियो । निःसन्तान दम्पतीको कथामा तयार भएको सिनेमा ‘प्रसाद’लाई दर्शकले रुचाउनुको साथै समीक्षकहरुले राम्रो प्रतिक्रिया दिएका थिए ।

त्यस्तै, मेनुका प्रधान अभिनित सिनेमा ‘साइँली’ले समीक्षकको राम्रो प्रतिक्रियाको बावजूद पनि बक्स अफिसमा औसत व्यापार गरेको थियो । विपिन कार्की ‘प्रसाद २’ छायांकनको तयारीमा छन् । भने मेनुकाले हालै ‘गणपति’ र ‘द सिक्रेट अफ राधा’को छायांकन सकेकी छन् ।

तस्वीर : ज्ञानु राई