पुष्पको फरक लुक्समा ‘कृष्णलीला’ पोस्टर

पुष्पको फरक लुक्समा ‘कृष्णलीला’ पोस्टर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित सिनेमा ‘कृष्णलीला’को पोस्टर सार्वजनिक गरिएको छ । यसअघि दुई गीत सार्वजनिक भैसकेका सिनेमाको पोस्टरमा अभिनेता खड्काको फरक अवतारलाई प्रस्तुत गरिएको छ ।

दीपक ओली निर्देशित सिनेमाको पोस्टरले दर्शकमा कौतुहल्ता जगाएको छ । पुष्पलाई मात्र फिचर्ड गरिएको पोस्टरमा एंग्री बर्डको टिर्सट लगाउनुका साथै हातमा डटपेनले कोरेको घडी र लहराले बनाएको चश्मा पहिरिएका छन् ।

लक्ष्मण सुवेदीको लेखन रहेको सिनेमामा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय छ । शिब ढकालले खिचेको सिनेमाको गीतमा अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । निर्माण युनीटले ३० माघमा सिनेमामा समाबेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सार्वजनीक गर्ने तयारी गरेको छ । अन्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको सो गीतमा पुष्प र श्रद्धा फिचर्ड छन् ।