नेफ्टा अवार्डको उत्कृष्ट डेब्यूमा धिरज र सुहाना

नेफ्टा अवार्डको उत्कृष्ट डेब्यूमा धिरज र सुहाना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा चलचित्र प्राविधिक संघको आयोजनामा १० औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । अवार्डमा ‘इन्टुमिन्टु लन्डनमा’बाट धिरज मगरले नव– नायकको अवार्ड हात पार्दा ‘ए मेरो हजुर ३’ बाट सुहाना थापाले नव– नायिकाको अवार्ड हात पारिन् ।

झरना थापाकी छोरी सुहानाले पहिलो सिनेमाबाट निकै चर्चा बटुलिन् । उनको राम्रै फ्यान फलोइङ्ग छ । यो सिनेमा बक्स अफिसमा हिट सावित भएको थियो । सुहाना अभिनित दोस्रो सिनेमा ‘ए मेरो हजुर ४’ आगामी भदौ १८ गतेबाट प्रदर्शन हुँदैछ ।

त्यस्तै, धिरजले रेनाशा बान्तवा राई निर्देशित सिनेमा ‘इन्टु मिन्टु लन्डनमा’बाट डेब्यू गरेका थिए । उनले पहिलो सिनेमाबाटै निकै सफलता हात पारेका छन् । यो सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । धिरज हालै ‘आइएम् ट्वान्टी वान’को छायांकन सकेका छन् ।

तस्वीर : ज्ञानु राई