नेफ्टा अवार्डमा पपुलर अनमोल र साम्राज्ञी

नेफ्टा अवार्डमा पपुलर अनमोल र साम्राज्ञी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा चलचित्र प्राविधिक संघको आयोजनामा १० औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । अवार्ड समारोहमा अभिनेता अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर अवार्ड हात पारेका छन् ।

वर्षभरी प्रदर्शनमा आएका सिनेमा र ती सिनेमाको चर्चाको आधारमा पपुलर विधामा अवार्ड प्रदान गरिन्छ । २०७५ सालमा रिलिज भएका सिनेमाहरुलाई अवार्ड वितरण गरिएको थियो । ०७५ सालमा अनमोलको सिनेमा ‘क्याप्टेन र ए मेरो हजुर ३’ र साम्राज्ञीको ‘इन्टु मिन्टु लन्डनमा’ प्रदर्शन भएको थियो ।

अनमोलले ‘ए मेरो हजुर ४’ को अन्तिम चरणको छायांकन गरिरहेका छन् । भने ‘पारस’को छायांकन तयारीमा छन् । त्यस्तै, साम्राज्ञीले हालै तिम्रो मेरो साथको छायांकन सकेकी छन् । भने उनले मिलन चाम्स र प्रवेश पौडेलको सिनेमा साइन गरेकी छन् ।

तस्वीर : ज्ञानु राई