नेफ्टा अवार्डमा डेब्यू निर्देशक संगीता र उत्कृष्ट निर्देशक दीपा

नेफ्टा अवार्डमा डेब्यू निर्देशक संगीता र उत्कृष्ट निर्देशक दीपा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा चलचित्र प्राविधिक संघको आयोजनामा १० औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । अवार्डमा ‘कथा काठमाडौं’बाट संगीता श्रेष्ठले डेब्यू निर्देशकको अवार्ड हात पार्दा ‘छक्का पन्जा ३’बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेकी छन् ।

काठमाडौंको वास्तविकता देखाइएको सिनेमा ‘कथा काठमाडौं’ले बक्स अफिसमा असफल भएको थियो । त्यस्तै, दीपाश्री निरौला निर्देशित सिनेमा ‘छक्का पन्जा ३’ बक्स अफिसमा सुपर हिट भएको थियो । सामुदायिक विद्यालयको वितिथी देखाइएको सिनेमालाई दर्शकले निकै रुचाएका थिए ।

दीपा ‘छक्का पन्जा ४’को निर्देशनको तयारीमा छन् । भने संगीताले कथा काठमाडौंपछि कुनै सिनेमा साइन गरेको चर्चा छैन ।

तस्बिर : ज्ञानु राई