नेफ्टा अवार्डमा सञ्चारकर्मी नरेश र दयाराम सम्मानित

नेफ्टा अवार्डमा सञ्चारकर्मी नरेश र दयाराम सम्मानित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा सम्पन्न नेफ्टा अवार्डको दशौं संस्करणमा सञ्चारकर्मी नरेश भट्टराई र दयाराम पाण्डेलाई सम्मान गरियो । उपाराष्ट्रपती नन्द बहादुर पुनले सम्मान-पत्र र खादा लगाएर सम्मान गरेका थिए ।

सञ्चारकर्मी भट्टराई र पाण्डेले दशौं संस्करणसम्म आइपुग्दा विभिन्न तवरले सहयोग गरेको भन्दै सम्मान गरिएको हो । उद्घोषक समेत रहेका नरेश भट्टराईले विगतका अवार्ड शोमा कार्यक्रम सञ्चालकको जिम्मवारी सम्हालेका थिए ।

यस्तै नेफ्टालाई कोरोना महामारीका बेलामा ठुलो सहयोग गरेको भन्दै महानायक राजेश हमाल, ट्रफी डिजाइनर, सुन्दर श्रेष्ठ, अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मालाई पनि सम्मान गरिएको थियो । तर, कार्यक्रममा महानायक राजेश हमाल र अभिनेत्री पुजा शर्मा अनुपस्थीत थिए ।

तस्वीर : ज्ञानु राई