‘मारुनी’को कब्जामा युट्युब ट्रेन्डिङको शिर्ष स्थान

‘मारुनी’को कब्जामा युट्युब ट्रेन्डिङको शिर्ष स्थान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा ‘मारुनी’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । बिहिबारबाट युट्यबमा सार्वजनिक भएको सिनेमाले शनिबारदेखि युट्युब ट्रेन्डिङको शिर्ष स्थान कब्जा गरेको छ ।

यो समाचार तयार पार्दा सिनेमाले १९ लाख ७५ हजार भन्दा बढि भ्युज पाएको छ । भने ५८ हजार लाइक र ३ हजार डिसलाइक पाएको छ । बक्सअफिसमा औसत चलेको सिनेमाले युट्युबमा दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । त्रिकोणात्मक प्रेमकथामा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङको मुख्य भुमिका रहेको छ । नवल नेपाल निर्देशित सिनेमामा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, विनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।

पुनम गौतमले निर्माण गरेको सिनेमामा दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायांकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पादन छ ।