केकीले गरिन् कपाल मुन्डन

केकीले गरिन् कपाल मुन्डन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गरेकी छन् । इन्स्टाग्राम मार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन् ।

२०७३ सालमा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’को कथामा केकीले सिनेमा निर्माण गर्दैछिन् । हाल उनी यही सिनेमाको छायांकनमा व्यस्त छिन् । सुलक्षण भारतीको निर्देशनमा बनिरहेको सिनेमामा केकीसँगै अभिनेता गौरव पहारीको मुख्य भुमिका छ ।

केकीका बुबा बद्री अधिकारी निर्माता रहेको सिनेमामा विशाल भण्डारी कार्यकारी निर्माता हुन् ।