एभेन्जर इन्डगेमलाई उछिन्दै पुनः शिर्ष स्थामा ‘अवतार’

एभेन्जर इन्डगेमलाई उछिन्दै पुनः शिर्ष स्थामा ‘अवतार’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउड सिनेमा ‘अवतार’ पुनः विश्वकै सर्वाधिक कमाई गर्ने सिनेमा बनेको छ । जेम्स क्यामरुन निर्देशित सन् २००९ मा रिलिज भएको अवतार सबैभन्दा धेरै कमाउने सिनेमाको शिर्ष स्थानमा थियो । तर, २०१९ मा रिलिज भएको रुसो ब्रदर्सको ‘एभेन्जर इन्डगेम’ले बम्पर कमाइ गर्दै ‘अवतार’को रेकर्डलाई उछिन्यो ।

यस्तै, भर्खरै मात्र ‘अवतार’ले कमाईमा ‘एभेन्जर इन्डगेम’लाई उछिनेको छ । ११ वर्षपछि ‘अवतार’को पुनः रिलिजले अवसर जुरेको होे । सिनेमा चीनमा गतहप्ता पुनः प्रदर्शन गरिएको थियो । एक हप्ताकै अवधिमा सिनेमाले ८ मिलियन डलर अर्थात ९२ करोड नेपाली रुपैंया बरारबर कमाएको थियो ।

अवतारको कुल कमाई २.८ बिलियन डलर अर्थात ३ सय २४ अर्ब नेपाली रुपैया बराबर भएको छ । यता ‘एभेन्जर इन्डगेम’को कुल कमाई २.७९७ बिलियन अमेरिकी डलर रहेको छ । नयाँ सिनेमाको अभाव भएपछि चीनमा पुनः ‘अवतार’ प्रदर्शन गरिएको थियो ।

‘अवतार’ एक नम्बरमा पुगेसँगै ‘एभेन्जर’ निर्माण कम्पनि मार्वलले पनि निर्देशक जेम्स क्यामरुन र निर्माता जोन लानदाउलाई बधाई दिएको छ । निर्माता जोनले चिनियाँ दर्शकलाई आभार व्यक्त गर्दै आफूहरू दोस्रो, तेस्रो र चौथो भाग ल्याउने तयारी गरिरहेको बताएका थिए ।

दोस्रो भाग यस वर्षको डिसेम्बरमा रिलिज हुनेछ । भने, तेस्रो र चौथो सिरिज क्रमशः सन् २०२३ र २०२५ मा रिलिज गर्ने तयारी निर्माण टिमको छ ।