छायांकनमा वर्षाको ‘ए साथी सुन’

छायांकनमा वर्षाको ‘ए साथी सुन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी अभिनित सिनेमा ‘ए साथी सुन…’को हेटौंडामा मंगबारबाट छायांकन सुरु भएको छ । सिनेमाको ‘कालिपुरुष’ नाम परिवर्तन गरेर ‘ए साथी सुन’ नाम राखिएको हो ।

‘पहिला सस्पेन्स थ्रिलर सिनेमा बनाउने योजना थियौं । अहिले सिनेमामा केहि परिवर्तन गरेर रोमान्सलाई पनि समावेश गरेका छौं । त्यसैले सिनेमाको नाम परिवर्तन गरिएको हो’ अभिनेत्री सिवाकोटीले भनिन् ।

विना कार्कीको लगानीमा निर्माण हुने सिनेमालाई राघव आचार्यले निर्देशन गर्दैछन् । यो उनको डेब्यू निर्देशन सिनेमा हो । आचार्यले भारतमा सिनेमा अध्यनका साथै केही वेब सिरिजमा काम समेत गरिसकेका छन् । यही सिनेमाबाट रमेश बाँनियाले अभिनेताको रुपमा डेब्यु गर्दैछन् ।

इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमालाई मानकृष्ण महर्जनले छायांकन गर्दैछन् । अभिनेत्री सिवाकोटीले ‘परदेशी २’ र ‘मनसँग मन’को छायांकन सकाएकी छन् । भने, उनी अभिनित सिनेमा ‘लक्का जवान’ प्रदर्शनको पर्खाइमा छ ।