चलचित्र पत्रकार संघ नेपालद्धारा ‘कल्याकारी कोष’को शुभारम्भ

चलचित्र पत्रकार संघ नेपालद्धारा ‘कल्याकारी कोष’को शुभारम्भ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकारसँग नेपालले २१ औं बार्षिक साधारण सभाको अवसर पाररे चलचित्र पत्रकारका लागि ‘कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ । संघका अनुसार ६० वर्ष माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिइने छ ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले ६० वर्ष उमेर पुगेका चलचित्र पत्रकारलाई मासिस ६ हजार रुपैयाँ सुरक्षा भत्ता दिने योजना अनुसार कोष घोषणा गरेको बताए । जेठ ७ गते स्थापना दिवसको अवसरमा कल्याणकारी कोषको औपचारिक रुपमा सुरुवात गर्दै थप जानकारी दिने तयारी संघको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, बिकास बोर्ड अध्यक्ष दयाराम दाहाल, प्रेस काउन्सिलको सदस्य दीपक पाण्डे, नेपाल पत्रकार महासंघका एसोसियट सचिव प्रकाश थापा, चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रिय, निववर्तमान अध्यक्ष संन्दीप सापकोट र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाले संयुक्त रुपमा कल्याणकारी कोष अभियानको शुभारम्भ गरेका थिए ।

यस कोषबाट मासिक सुरक्षा भत्ता दिनुका साथै समस्यामा परेका चलचित्र पत्रकारहरुको हितमा काम गर्ने उद्देश्यले कोषको स्थापना गरेको जनाइएको छ । चलचित्र पत्रकार संघ नेपालले कल्याणकारी कोषको खाता संचालनमा ल्याइसकेको छ ।

संघले जेठ ७ गते सम्म कल्याणकारी कोषको लागि अभियान चलाउने र कोषमा न्यूनतम १० लाख देखि २० लाख पुर्याउने संघको लक्ष्य राखेको छ । ‘कल्याणकारी कोष’ संचालनको लागि कार्यविधि पनि तयार भइसकेको अध्यक्ष दिनेश सिटौलाले बताए । बृद्ध अवस्थामा चलचित्र पत्रकारलाई केही सहज होस भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको उनले बताए ।

तस्वीर : ज्ञानु राई र नविन कार्की